काठमाडौं, २२ मंसिर । निर्माता, निर्देशक हरि शर्माले आफ्नो ड्रिम प्रोजेक्टको फिल्म ‘सुनामी’को निमार्ण सुरू गरेका छन् ।
आफ्नै लेखन रहेको ‘सुनामी’को छायँकन उनले दार्जिलिङ्बाट सुरू गर्न थालेका हुन् ।
शर्माका अनुसार मंसिर २७ गतेदेखि दार्जिलिङबाट छायँकन गरिने छ ।
‘फिल्मको क्लाइमेक्स काठमाडौंमा गर्ने सोँचे बनाएको छु,’ निर्देशक शर्माले भने ।
‘सुनामी’को छायँकन दार्जिलिङका साथै सिक्किम, शिलगुढीका मनोरम स्थानमा शूटिङ गरिने छ ।
त्यसका लागि कलाकारहरूलाई उनले दार्जिलिङतर्फ लैजान सुरू गरिसकेका छन् ।
फिल्ममा अभिनेता मुकेश ढकाल, नायिकाद्वय झरना रिसाल र सारिका घिमिरे तथा विश्वमणि हिङ्मालगायतको अभिनय रहने छ ।
कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको ‘सुनामी’मा द्वन्द्व निर्देशन एनबी महर्जनको छ । छायँकन शिव ढकालले गर्ने छन् भने नृत्य प्रिया पराजुलीको छ ।
कलेजमा अध्ययनरत टिनेजर्स विद्यार्थी त्यसमा पनि धनी र गरिब बिचको समस्यालाई ‘सुनामी’ले उठाएको छ ।
‘फिल्म नारी प्रधान छ,’ निर्देशक शर्माले भने, ‘त्यसमा पनि कलेजमा पढ्ने धनी बाबुको छोरा समस्या र गरिब घरकी छोरीको समस्या कथावस्तु बनाइएको छ ।’
नेपाली फिल्म ‘प्रेमपथ’, ‘पहिरो’, ‘बिछोड’ निर्देशन गरिसकेका शर्माले नयाँ ड्रिम प्रोजेक्टबाट धेरै आशा राखेको बताए ।
शर्माले यसअघि भोजपुरी फिल्म ‘साथीत्व प्यारमे’ र बंगाली फिल्म ‘यहि तो भालोवासा’समेत निर्देशन गरिसकेका छन् ।














प्रतिक्रिया