१ कार्तिक २०८३, शनिबार

तुलाधरको जनजाति आन्दोलन सामन्ती, जातीय आन्दोलन छिन्नभिन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maldives-City-Background-HD-Wallpaperकाठमाडौं, २२ मंसिर । एमाओवादीलगायत दलद्वारा समर्थित पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई सामन्ती भन्दै जनजाति महासंघले त्यसबाट अलग हुने घोषणा गरेको छ।

गत असोज ३० गते तुलाधर नेतृत्वमा राष्ट्रिय आन्दोलन गठन गर्दा जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटे आफैं सहभागी भएका थिए। महासंघका अध्यक्ष नगेन्द्र कुमाल र तुलाधरबीच पनि संयुक्त आन्दोलनमा सहभागी हुने सहमति भएको थियो।

तुलाधर नेतृत्वमा आन्दोलनबाट जनजाति महासंघलाई अलग गराउन निर्णायक भूमिका निर्वाह गरेका महासंघका सल्लाहकार तथा थारू क ल्याणकारिणी सभाका नेता राजकुमार लेखीले अन्नपूर्णसँग भने, ुसामन्ती, एकात्मक र सम्भ्रान्त चिन्तन बोकेकाहरूसँग हाम्रो सहकार्य हुन सक्दैन।

हामी पहिचान, संघात्मक र समावेशी तथा समानुपातिक प्रतिनिधित्वका पक्षमा छौं।ु

आफूहरू पहाडमा जस्तै तराईमा पनि बहुप्रदेशका पक्षमा रहेको लेखीले प्रस्ट्याए। हामी एकल जातीय राज्यका पक्षमा छैनौ, उनले भने, तराई र पहाडमा बराबर प्रदेश हुनुपर्छ।

तुलाधर नेतृत्वको समूहले थारू समुदायलाई तेस्रो, चौथो दर्जाको नागरिकका रूपमा मान्यता दिएकाले त्यो स्वीकार्य नहुने उनले बताए।

तुलाधर नेतृत्वले पुस १२ गतेसम्म आफैं सचेत र संगठित हुने अभियान मुलुकभर सञ्चालन गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

तुलाधर आन्दोलनका प्रवक्ता ओम गुरुङका अनुसार काठमाडौं, बुटवल र पाल्पामा जागरणसभा भइसकेका छन् भने पोखरा, दमक र धनगढीमा हुँदैछन्।