२९ आश्विन २०८३, बिहिबार

काँग्रेस सभासद् हरि खडकाको निधन, यसरी भएको थियो दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-khadka-mirtu-accident4

काठमाडौं, २१ मंसिर । जिप दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली काँग्रेसका सभासद् हरि खडकाको उपचारका क्रममा निधन भएको छ ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत खड्कालाई राति ८ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको अस्पतालमा रहेका पत्रकार प्रकटकुमार शिशिरले जानकारी दिए । खड्का बागलुङ १ का प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।

Haribahadur_Khadka_72589

बुधबार बागलुङमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खड्कालाई सोही दिन हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा खड्का चढेको ग १ झ २२४ नम्बरको पिकअप जिप सदरमुकाम नजिकै भकुण्डे कमिरे भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते अन्य चार जनाको भने खतरामुक्त रहेको बताइएको छ ।

२०२० साल जेठ १८ गते बागलुङ नगरपालिकामा जन्मिएका खड्काले कांग्रेस गाउँ समिति सदस्यबाट राजनीति सुरु गरेका थिए । गाउँ, नगर, जिल्ला हुँदै उनी कांग्रेस महाधिवेशन प्रतिनिधिसम्म भएका थिए ।

सभासद् खड्काको निधन भएपछि न्यूरो अस्पतालमा काँग्रेसका नेता कार्यकर्ता, आफन्त र शुभचिन्तकको बाक्लो भीड लागेको छ । खड्काको पार्थिक शरिर सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने नेपाली काँग्रेसले जनाएको छ ।

दुर्घटनापछि सभासद् खड्का चढेको सरकारी जिपः

Hari-khadka-mirtu-accident

Hari-khadka-mirtu-accident2

Hari-khadka-mirtu-accident3