सर्लाही, २१ मंसिर । जाडो मौसम सुरु भएसँगै सर्लाहीसहित मध्यतराईमा शीतलहर सुरु भएको छ ।
शीतलहरसँगै दुईदिनदेखि घाम नलागेका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
राजमार्ग र सडकमा सवारी साधनको चाप कम हुन थालेको छ भने सर्वसाधारणको चहलपहल पनि घटेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाट बाहिर निस्कन छाडेका छन् ।
शीतलहरबाट विशेष गरी दीर्घ रोगी, श्वासप्रश्वासका बिरामी एवम् पाँच वर्षमुनिका बालबच्चा बढी प्रभावित भएको जिल्ला जनस्वास्थ्य निरीक्षक प्रभाकर झाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले शीतलहरका कारण सर्वसाधारणको जनजिवन प्रभावित भएको उल्लेख गर्दै चोक चोकमा आगो ताप्न दाउराको व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो ।
















प्रतिक्रिया