१ कार्तिक २०८३, आइतबार

चिकित्सकहरुले राज्यलाई टेरेनन: स्वास्थ्यमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagaraj-adhikari

काठमाडौ, २१ मंसिर। स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले राज्यको तलब सुबिधा लिने चिकित्सकहरुले जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड गरेको आरोप लगाउनुभएको छ ।

नेपाल युवा सस्था संजाल (आयोन) ले आज राजधानीमा आयोजना गरेको मेरो स्वास्थ्य मेरो अधिकार नामक कार्यक्रममा मन्त्री अधिकारीले शहर केन्द्रित चिकित्सकहरुले राज्य कोषबाट तलब खाने तर खटाएको ठाउँमा सेवा दिन अटेरी गरेकोले जनताको स्वास्थ्य अधिकार सुनिश्चित हुन नसकेको दाबी गर्नुभयो । उहाँले आफुले सरकारी चिकित्सकहरुलाई दुर्गम ठाउँमा गएर सेवा दिन निर्देशन दिदा नेपाल चिकित्सक संघले गरेको बिरोधप्रति आपत्ति जनाउनुभयो ।

मन्त्री अधिकारीले चिकित्सकहरुले राज्यको नीति निर्णय पालना नगर्ने भए स्वास्थ्य मन्त्रालयको आबश्यकता नै नभएको धारणा समेत राख्नुभयो । ध्रुम्रपान नियन्त्रण गर्न सूर्तिजन्य पदार्थहरुमा कर बढाउनुपर्नेमा जोड दिदैँ उहाँले अर्थ र कानुन मन्त्रालयले सुर्तिजन्य पदार्थलाई सुनको अण्डा पार्ने कुखुराको रुपमा बुझेर आफुले अघि सारेको बिधेयक अलपत्र पारेको जिकीर गर्नुभयो ।

केहि वर्ष यता मातृ मृत्युदर घटाएर नेपालले उलेख्य प्रगति हासिल गरेको भन्दै उहाँले सरकारले अब महिला स्वास्थ्यको बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । स्वास्थ्यका क्षेत्रमा दाताहरुले राखेका शर्तहरु आफूले कुनैपनि हालतमा स्वीकार नगर्ने उहाँको भनाई थियो ।