चितवन, २१ मंसिर। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेल उत्कृष्ट प्रहरी सम्मानबाट सम्मानित भएका छन् ।
भरतपुरमा आयोजित भूतपूर्व प्रहरी संगठनको २४ औं वार्षिकोत्सव समारोहमा एसएसपी खरेललाई उत्कृष्ट प्रहरी अधिकृतका रुपमा सम्मान गरिएको हो । संगठनका अध्यक्ष वसन्तराज कुँवरले एसएसपी खरेललाई प्रशंसापत्र सहित सम्मान गरेका थिए ।
समारोहमा उत्कृष्ट काम गर्ने भूतपूर्व प्रहरीका छ वटा जिल्ला संगठनलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्वाञ्चलबाट झापाका अध्यक्ष खड्गबहादुर खड्का, मध्यमाञ्चलबाट चितवनका अध्यक्ष चक्रबहादुर कार्की, पश्चिमाञ्चलबाट कास्कीका अध्यक्ष एकनारायण शर्मा, मध्यपश्चिमबाट दाङका अध्यक्ष रोहवर बस्नेत, सुदुरपश्चिमबाट कञ्चनपुरका अध्यक्ष र उपत्यकाबाट काठमाडौंका अध्यक्ष पुरस्कृत भएका हुन् ।
यसैबीच, संगठनको साधारणसभबाट संगठनका कार्यबाहक अध्यक्ष पूर्वएसएसपी वसन्तराज कुँवर नै राष्ट्रिय अध्यक्षमा चयन भएका छन् ।
















प्रतिक्रिया