३० आश्विन २०८३, शुक्रबार

श्रीमतीको रिसमा छोराछोरीलाई झुण्डाएर मारेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २१ मंसिर । सुनसरीको बेलबारी नगरपालिकामा छोराछोरीलाई झुण्डाएर मारेपछि एक व्यक्तिले आफू पनि आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका–२ का ३५ वर्षीय ताराजुङ राईले तीन वर्षीया छोरी दीपिका र पाँच वर्षीय छोरा दीपेन्द्रको हत्या गरी आफूले स्वयम्ले पनि आत्महत्या गरेका हुन् ।

राईले गएराति आफ्नै घरमा छोराछोरीलाई झुण्ड्याई आफूले पनि झुण्डिएरै आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दाहालले बताए । राईकी श्रीमती भने एकहप्ता अघिदेखि घर छोडी बेपत्ता भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।