७ कार्तिक २०८३, शनिबार

दीव्यधाम बनाउन महायज्ञबाटै असी लाख संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २१ मंसिर । भक्तपुरको दधिकोट–४ स्थित अनन्तलिङ्गेश्र मन्दिर परिसरमा शनिबार सम्पन्न विराट् धान्याञ्चल श्रीमद्भागवत महायज्ञमा करिब ८० लाख बराबरको आर्थिक सहयोग सङ्कलन भएको छ ।

अनन्तलिङ्गेश्वर क्षेत्रलाई दिव्यधाम बनाउने उद्देश्यले सञ्चालित सो महायज्ञमा नगद र जिन्सी गरी सहयोग सङ्कलन भएको  महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सो क्षेत्रमा कृष्णले परिकल्पना गरेबमोजिमको वृन्दावनसमेत निर्माण गर्ने उद्देश्य राखिएको छ ।