१ कार्तिक २०८३, शनिबार

गैरसरकारी संस्थाका नाममा नेपालमा अलकायदाका लागि योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Al Qayada
काठमाडौं, २१ मंसिर । कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा सम्बद्ध ब्यक्तिले धर्मको आबरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली छन् ।

आतंकवाद र अन्दरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राती अबेरसम्म विेशष अप्रेसन संचालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाइ नियन्त्रणमा लिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

विश्वस्त स्रोतका अनुसार उनीहरु कल्की अवतार फाउन्डेसन नामक संस्थाको आडमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीसमक्ष पुगेको थियो ।