१ कार्तिक २०८३, शनिबार

कान्तिपुर कलेजमा अध्ययनरत रीतु महासेठको काठमाडौंमा हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । राजधानीको कान्तिपुर कलेजमा बिबिएस प्रथम वर्षमा अध्ययनरत एक छात्रामाथि छुरा प्रहार गरी हत्या भएको छ ।

काठमाडौं मैतीदेबी एनएनएस गल्स होस्टेलमा बस्दै आएकी २० वर्षीया जनकपुरकी रितु महासेठको आक्रमणका कारण मृत्यु भएको हो ।

मैतीदेबीबाट घट्टेकुलो विवाहका लागि जाने क्रममा अपरिचित व्यक्तिले उनलाई छुरा हानेका थिए ।

उनको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।