काठमाडौं, २१ मंसिर । बलिउड नायिका माधुरी दीक्षितलाई धम्क्याइ पैसा मागेका एक युवकलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ ।
गत २५ नोभेम्बरमा माधुरीलाई २३ वर्षीया प्रवीणकुमार प्रधान नामक ती युवकले चारवटा एसएमएसमार्फत पैसा नदिए बच्चा मारिदिने धम्की दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
अपरिचित नम्बरबाट धम्की आएपछि माधुरी निकै तनाबग्रस्त थिईन ।
उनलाई साइबर ल अन्तर्गत कारवाही सुरु गरिएको छ ।















प्रतिक्रिया