१ कार्तिक २०८३, शनिबार

पैसा नहुँदा नाबालक छोरी गुमाउने चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । छोरीको अनुहारमा मिठो मुस्कान, हातमा किताब र उन्नति देख्न चाहन्थें, सिन्धुली, झागाझोली रातमाटाका बाबु हनुमान र आमा मसिना थापाले ।

नौ वर्षे छोरी सुमित्रा कक्षा २ मा पढछिन्, हातमा किताब बोक्दै दौडेर स्कुल पुग्थिन् ।

पुर्खौली अंशको रूपमा गाँउमा भएका थोरै भीरपाखामै पनि खुसी साथ चलिरहेको थियो, हनुमानको परिवार ।

यस वर्षको वर्षायाम असार यो परिवारमा ठूलो बाढी आयो । त्यसले यो परिवारलाई सडकमा ल्याएर छाडिदियो ।

हनुमानको परिवारसँग अहिले न त त्यो खुसी बाकी छ, न पुर्खौली सम्पती नै ।

‘खाना नखाने, खाए पनि स्वाद केही आएन भन्ने र पेट दुखिरहन्छ भनिरहिन्,’ असारमा आफ्नो छोरीले पहिलो पटक सुनाएको घटनालाई बाबु हनुमानले शनिबार अनामनगरस्थित मण्डललाई नाट्यघरमा भने ।

लगतै छोरी सुमित्राको उपचार गर्न हनुमानको परिवार साउनमा उपत्यका आइपुग्यो । अल्फा अस्पताल, त्यसपछि सिभिल अस्पताल हुदै सुमित्राको उपचारको क्रम कान्तिबाल अस्पतालमा पुगेको छ ।

सुमित्रालाई महंगो रोग ब्लड क्यान्सर भएको छ ।

उनको उपचारमा १० देखि १२ लाख रूपैंया लाग्ने डाक्टरहरूले बताएका छन् ।

‘त्यति ठूलो रकम त हामीसँग छैन,’ हनुमान भन्छन्, ‘१०–१२ हजार भए पो ल्याउन सकिन्थ्यो ।’

उपचार खर्च नभएपछि अहिले बाबु हनुमान छोरी गुमाउने चिन्ताले निराश रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

आमा मसिनाको मुख बन्द छ, छोरीलाई काखमा चेपिरहेकी छन् र आँखाबाट आसुका धारा बगिरहेका छन् ।

सुमित्राको भने आमा-बाबुलाई एउटै प्रश्न छ, ‘म कहिले ठिक हुन्छु र अहिलेबाट स्कुल जान पाउछु र’ चार वर्षे भाई सुमितलाई परिवारमा गुज्रिएको घटनाको अनविज्ञ जस्तै छन् ।

हनुमानले सुभित्राको उपचारमा भएका पैसा खर्च नगरेका होइनन् ।

उपत्यका छिरे लगतै छोरीको उपचारसँगै हनुमानले ज्यामी काम गर्न थाले ।

‘एक दिनको चार सय रूपैंया हुन्थ्यो, पाटनमा कोठा लिएको थिए । भाडा पनि तिर्नु पर्ने,’ हनुमानले पिडा सुनाए, ‘छोरीको उपचारसँगै काम पनि गरिरहेको थिएँ ।’

हनुमानले छोरीको उपचारमा आफ्नो पुर्खौली सम्पती पनि सक्काए ।

‘भीर पाखा न हो, एक लाख रूपैंया आएको थियो, सकियो,’ उनले उपचारमा परेको आर्थिक संकटा बारे प्रस्त पारे, ‘अहिलेसम्म ४ लाख सकियो । ऋण पनि गरे, आफन्तसँग पनि मागे । अब त सम्पत्ति छैन, ऋण पत्याउने पनि कोही भएनन् ।’

पैसाको खोलो बग्यो, हनुमानसँग एक पैसा पनि रहेन ।

‘अब छोरीको उपचार गर्न सकिन्न भनेर फेरि गाँउमै फर्कियौं,’ छोरीको उपचारलाई माया मारेर फर्केको घटना हुनमानले सुनाए ।

सिभिल अस्पतालमा उपचार गर्दा उनको स्थिती देखेर त्यहाँका डाक्टरले सहयोगका लागि सञ्चार माध्यममा अपिल गर्न सुझाव लिएर सहयोग गरेका थिए ।

भदौंमा सम्पूर्ण पैसा सकेर छोरीको उपचारलाई माया मारेको हनुमानलाई महिनाको अन्त्यमा काठमाडौंबाट फोन आयो ।

दीपक सिलवालले उनलाई फोन गरेका थिए ।

दुई वर्षदेखि घर आगन नेपाल संस्था चलाउदै असायहरूलाई सहयोग गर्ने उद्देश्य लिएका दीपकले ‘सहयोगका लागि अपिल’ भनेर छापिएको समाचारमा सुमित्राको अवस्था र उनको बाबुको सम्पर्क नम्बर भेट्टाए ।