२८ आश्विन २०८३, बुधबार

विचरा ! एमाओवादीको दुर्गति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-timilsina

एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुनले आफनो फेसबुक स्टाटसमा सल्यानकोट, धादिङमा गरेको आमसभाको तस्बिर फेसबुकमा अपलोड गरेछन् । र, उनले सो तस्बिरमार्फत देखाउन यो पनि खोजेका छन कि– एमाओवादीले आयोजना गरेको आमसभामा यति धेरै मानिस जम्मा भए भनेर । केही तस्बिरहरु त्यहाँ छन, जुन तस्बिरमार्फत बर्षमान पुनले माओवादी प्रति आएको जनमत देखाउने ‘असफल प्रयास’ गरिएको छ तर यथार्थमा भने त्यो भने हुदैँ होइन । त्यो माओवादीको आमसभामा आएको जनमत पनि होइन, जसरी पुनले आफनो फेसबुक पेजमा तस्बिर अपलोड गरेर देखाउने ‘असफल प्रयास’ गरिरहेका छन् । पुन अर्थात त्यहाँको स्थानिय एमाओवादीले धादिङ सल्यानटारको त्रिपुरासुन्दरीको ‘न्वागी जात्रा’को अबसर छोपेर त्यो आमसभाको आयोजना गरेको थियो । सो क्षेत्रको सबैभन्दा बढी चर्चित र धेरै मानिस जम्मा हुने त्रिपुरासुन्दरी जात्रा (मेला) भर्न धेरै मानिस आउने र सोही मौकामा आमसभा गर्ने योजनावद्ध ‘सेट’ गरेर पुनलाई त्यहाँ बोलाइएको थियो । त्यो दृश्य आफैले देखे पछि यो ब्लग लेख्ने जर्मको गरेको हुँ ।

Maobadi-Dhading2

गएको बुधवार काठमाडौंवाट कम्तिमा १५ जना पत्रकारहरु धादिङको ऐतिहासिक मन्दिर त्रिपुरासुन्दरी देवीको मेलाको रिर्पोटिङ र अवलोकनका लागि हामी धादिङको सल्यानटार गएका थियौ । त्रिपुरासुन्दरी देवीको जात्रा हेर्न र सो मन्दिरको ऐतिहासिक र पर्यटकीय सम्भावनाका बारेमा रिर्पोटिङ गर्ने र त्यसका महत्वको बारेमा राष्ट्रिय स्तरवाट प्रचार प्रसार गर्ने उदेश्यले हामी त्यहाँ पुगेका थियौ । त्यही जन्मेका पत्रकार प्रतिक लामिछाने (इमेज टेलिभिजन) को पहलमा बिभिन्न पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाका पत्रकार साथीहरु बुधवार काठमाडौंंवाट धादिङ गएका थिए, जुन टोलीमा म पनि सहभागी थिएँ । हामी त्रि–पुरासुन्दरीको मूख्य मन्दिरमा पुगे पछि बुधवार साँझ थाहा पाएका थियौं कि जहाँ भब्य मेला लाग्छ, त्यहाँ माओवादीले आमसभा गर्दैछ ।

डाँडाको टुप्पोमा रहने मुलकोटवाट त्रिपुरासुन्दरी भगवतीलाई हरेक साल मंशिर (मुख्यतः धान काटिसके पछि) तल बेसीमा झारिदो रहेछ । डाँडाको टुप्पोमा रहेको त्रिपुरासुन्दरीको मुर्तिलाई, त्यहाँ रहेका सबै समान अर्थात त्रिपुरासुन्दरीको पुजामा प्रयोग हुने सबै समानहरु सहित बेसीमा झारेर कम्तिमा पनि फागुनसम्म स्थानतरण गरिदो रहेछ । रानामगर मुख्य पुजारी, तिमल्सिना मुल पुरोहित, सापकोटा पुजारी रहने सो मन्दिरका बारेमा पृथ्वीनारायण शाहले पनि दिब्योपदेशमा उल्लेख गरेको कुरा त्यहाँ गए पछि थाहा पाइयो, नुवाकोट आक्रमण गर्नु अघि शाहले सो मन्दिरमा पुजा गरेको र हरेक साल शाह बंशीय राजाहरुले पुजाआजा गर्ने गरेको पनि थाहा पाइयो । राजतन्त्र उन्मुलन हुनु अघिसम्म पनि राजा बिरेन्द्र, ज्ञानेन्द्र र पारश शाहले त्यही पुगेर बलि दिने र पुजा गर्ने गरेको पनि थाहा पाइयो । शाह राजाहरुको कुल देउताको रुपमा पुजा हुने र हरेक साल दरबारवाट बलि दिनका लागि खान्की जाने गरेकाले पनि स्थानियले त्यसलाई निकै महत्व दिने गरेको देखियो । मुलकोटवाट धादिङका ५० गाबिस मध्ये ४९ गाबिस देखिने तथा स्थानिय गंगा जमुना झरना (सम्भवतः नेपालको दोस्रो ठुलो) भएकाले पनि पर्यटकीय रुपमा आकषर्णको केन्द्र भएको अनुमान गर्न गा¥हो भएन ।

बिहिवार बिहान मुल कोट, जहाँवाट त्रिपुरासुन्दरीको मुर्ति र उनका पुजाआजाका लागि प्रयोग हुने समानसहित बोकेर, वाट त्रिपुरासुन्दरीको जात्रा सुरु भए पछि हामी पनि सँगसँगै बिहान पौने छ बजे नै ओरालो झरयौ । बाजागाजासहित, हजारौ मानिसहरुको लस्करसहित कम्तिमा दुई घन्टा बढी त्रिपुरासुन्दरीलाई बोकेर बेसीमा झार्ने क्रममा वाटो भरी प्रवेशद्धार बनाएको, देवीको दर्शन गर्न फूल र अक्षता र दियो बालेर भक्तजनहरु टोल टोलमा बसेको देख्यौं । प्रत्येक टोलवाट देवीको नाममा बाटोमा घर/गाउँ हुनेले चामल दिने, पैसा र फूल चढाउने गरेको पनि देख्यौं । निकै श्रद्धासहित देवीको स्थानतरण भएको दृश्य हेर्न बाटोमा हजारौ मानिस लामबद्ध भएर कुरीरहेको दृश्य निकै लोभलाग्दो थियो । त्रिपुरासुन्दरीलाई सो क्षेत्रका मानिसले कति बढी श्रद्धासहित पुज्दा रहेछन भन्ने कुरा पनि आफनै आँखाले देखियो ।

दुई घन्टा ठाडै ओरालो हिडे पछि सल्यानकोटको गणेश मन्दिरमा यात्रामा सहभागी रहेका भक्तजन भन्दा कयौं गुना भक्तजन गणेश मन्दिरमा कुरेर देवीको दर्शनका लागि बसिरहेका रहेछन् । देवीको यात्रा सुरक्षित गराउनका लागि आफनै फौज पनि हुदाँ रहेछन्, देवीको मुर्ति र देवीको पुजाआजा सामग्री बोक्ने मुल पुजारी, पुरोहितहरुलाई छुन नपाइने र त्यसको सुरक्षा गर्न आफनै फौज राखिने अनौठो ब्यवस्था पनि रहेछ । ती फौजले नपुगेर त्यहाँ नेपाल प्रहरी पनि बाक्लै रुपमा खटाइएको थियो । गणेश मन्दिरमा देवीको दर्शन गर्न बसेका स्थानिय भक्तजनको भीड देखेर म दंग खाएको थिए र धर्म सस्कृतिले मान्छेलाई कसरी एकतावद्ध बनाउँछ र जोडदो रहेछ भन्ने कुरा पनि महशुश गरेको थिए ।

सो भन्दा अघि बढे पछि अर्थात जहाँ त्रिपुरासुन्दरीलाई कम्तिमा पनि फागुनसम्म राखिने स्थानमा त झन बढी मानिसहरु देवीको दर्शनका लागि प्रतिक्षारत भएको दृश्य देख्दा म दंग खाएको थिए– पहाडको मेलामा पनि यतिधेरै मानिस जम्मा भएका । सुरक्षित तरिकाले देवीलाई मन्दिर भित्र छिराउन मेला ब्यवस्थापन समितिलाई हम्मे हम्मे परेको दृश्य आफनै आँखाले देख्यो । यो मेलाको महत्व मुलकोटवाट सुरु भई तल दुई घन्टा बढी लामो यात्राको क्रममा देखेका दृश्यले धेरै कुरा आफै बोल्यो, मैले सोध्नै नपर्ने गरी । यतिधेरै आस्था थियो कि त्यहाँका भक्तजनहरुलाई त्रिपुराश्वेरी देवी प्रति, त्यो भीडले नै पुष्टी गर्दथ्यो ।

देश बिदेश भएका तथा गाउँ छाडेर अन्यत्र गएका अथवा भनौ वरपर गाउँमा भएका मानिस पनि सो जात्रा (न्वागी जात्रा) हेर्न र देवीको दर्शन गर्न आँउदाँ रहेछन् । दशै पछाडी सबै भन्दा बढी भीड हुने भनेको नै यही मेला रहेछ, स्थानियहरुले पनि यो कुरा भने । देवीलाई बेसीमा रहेको मन्दिरमा प्रवेश गराए पछि बाहिर हेरेको त मेलाका लागि राखिएका स्टलहरु पनि बाक्लै थिए । जेरी पुरी बेच्ने, चना चटपटे बेच्ने, मःमः चाउमिन बेच्ने, रक्सी मासु बेच्ने, सुन्तला बेच्ने, स्थानिय साग सब्जी र अन्नवाली बेच्नेहरुको झुप्रा पसलहरु पनि धेरै देखिए । मानौं, यो ठुलै चाडपर्व हो, जसले छुटाउँछ, उसले पछुताउँछ गरे झै मानिसहरु मेला भर्न आएका थिए ।

तर, यही मेलाको मौका छोपी मन्दिर नजिकै एमाओवादीले आमसभा आयोजना गर्न लागेको देखेर म दंग खाए । सयौं बर्ष देखी चलिआएको धर्म संस्कृतिलाई युद्धकालमा निकै बिरोध गर्ने उनै एमाओवादीहरु जात्राको अबसर पारेर आमसभा गर्न लागेको दृश्य बास्तवमै लाजमर्दो थियो । त्यहाँ एमाओवादी सचिव बर्षमान पुन, हितबहादुर तामाङ, नारायण दाहालजस्ता केन्द्रीय नेताहरु भाषण दिन पुगेका थिए, देवीको यात्रा मन्दिरमा पुग्नु भन्दा अगाबै । बारीको कान्लामा बनाइएको सानो मञ्चमा लेखिएको थियो– विशाल आमसभा ।

मेलामा दशौं हजार मानिस आउने र यही मौकामा आमसभा गर्ने योजनासहित त्यहाँ एमाओवादीले सो कार्यक्रम राखिएको भेऊ पाउन कुनै गाह्रो थिएन । न सो आमसभाका लागि कतैवाट जुलुस आएको थियो, न त्यहाँ एमाओवादीको आमसभामा सहभागी हुनका लागि झन्डा बोकेर कोही आएको थियो, समर्थक पनि झन्डा बोकेर आएको दृश्य देखिएको थिएन । मञ्च वरपर दुई चारवटा झन्डा र माओवादी नेताहरु थिए, अरु त सबै–सबै त्यहाँ भक्तजनहरु मात्रै थिएँ । मेलामा गर्न खोजिएको यो राजनीति एउटा सभ्य ब्यक्तिका लागि सुहाउँदो कुरा थिएन, तर त्यही नसुहाउने काम माओवादीले गरिरहेको दृश्य आफनै आँखाले थियो ।

सबैभन्दा बढी मानिस हुने मेलाको अबसर पारेर मन्दिरको आडमा नै मञ्च बनाएर एमाओवादीले सो कार्यक्रम गरे पछि एकजना स्थानिय चल्ताफुर्ता माओवादी नेतालाई मैले सोधेको थिएँ, जो अरु पत्रकार साथीहरुले पनि उनलाई त्यहाँ प्रश्नहरु तेर्साए । जस्तो कि,

‘धर्म सस्कृतिमा पनि यति धेरै राजनीति ?’

‘मान्छेहरु बढो आस्थाको साथ सयौं बर्ष देखी चलिआएको मेला भर्न आएका छन तर तपाईहरु जर्बजस्ती मन्दिरको छेऊमा नै मञ्च बनाएर भाषण गर्ने ?’

‘अरु बेला आमसभा गरेको भए के बिग्रन्थ्यो ? यही मेलाको मौका छोपेर भाषण गर्नु पर्छ तपाईहरुलाई ?’

‘मेलालाई मेला जस्तो बनाउन नदिएर त्यसमा पनि राजनीति गरि हाल्ने ?’

‘राजनीतिक भाषण कार्यकर्ता र समर्थकलाई सुनाउने हो कि भक्तजनहरुलाई ?’ आदि इत्यादी प्रश्न उनी माथी तेर्सियो । तर, उनले पार्टी भित्र मेला स्थलमा आमसभा गर्न नहुने कुरा राखे पनि सुनवाई नभएको चाँही बताए ।

‘मेलालाई मेला मात्रै बनाऊँ, मेला स्थलमा पार्टीको आमसभा नगरौ भनेर मैले पार्टीमा कुरा गरे तर सुनवाई भएन, रोक्ने प्रयास त मैले गरेको थिएँ, तर सकिन, के गरु म ?’ उनले उल्टै प्रश्न हामी माथी तेर्साए । हामीले उनलाई केही पनि भनेनौ, मात्र उनको कुरा सुन्यौ ।

आफनो आस्थाका देवीको दर्शन गर्न आउँदा एमाओवादीको भाषण सुन्न पर्दा धेरै भक्तजनलाई चित्त बुझेको पनि थिएन, धेरै भक्तजनले हामीसँग त्यो कुरा पनि गरे । र भने पनि, ‘माओवादीसँग कस्को के लाग्छ सर ? जहाँ पनि जर्वजस्ती गर्छन र देवीको दर्शन गर्न आएका भक्तजनलाई राजनीतिक भाषण सुनाउँछन ।’

Barsaman-pun

ब्यक्तिगत रुपमा माओवादीले मन्दिरको छेऊमा नै मञ्च बनाएर गरेको त्यो आमसभा प्रति मलाई पनि चित्त बुझेन् । जात्रा र मेला भनेको आस्थाको कुरा हो, संस्कार र सस्कृतिको कुरा हो, जहाँ मानिसहरुलाई जोडने काम गर्छ, एकताबद्ध बनाउने काम गर्छ तर माओवादीले भक्तजनलाई भाषण सुनाउने काम गरेर असभ्य काम गरेको छ, हाँसो उठदो काम गरेको छ ।

Maobadi-Dhading

अझ त्यो भन्दा पनि भक्तजनलाई जर्वजस्ती भाषण सुनाएर काठमाडौं फर्केका बर्षमानले फेसबुकमा ‘एमाओवादी समर्थक’ भन्दै भीड देखाएको दृश्य त झनै लाजमर्दो छ ।

(prakashujyalo.blogspot.com)