मानिसले आफ्नो प्रेम दर्शाउन चुम्बन साटासाट गर्ने गर्छन् । सार्वजनिक स्थानमै चुम्बक गर्नुलाई सहज रुपमा लिने पनि छन् । तर, समाजमा अझै यो पचाउन सक्ने भइसकेको छैन् । भाउजुको किसले देवरको विवाह नै स्थगित भएको छ ।
भारतको अलिगढमा एक युवकको विवाह मण्डपमा उनकी भाउजुले सबैका सामु देवरलाई किस गरिन् । बरमालाको विधि पूरा गर्ने क्रममा बेहुलीले बहुलालाई माला लगाइन् । भाउजुले मण्डपमै पुगेर देवरलाई किस गरिन् । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरु भयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए । तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे ।
दुलहा–दुलहीको कुराकानी सामाजिक सञ्जाल साइटबाट सुरु भएको थियो। कुरा अघि बढ्दै जाँदा उनीहरु एकअर्कालाई मन पराउन थाले र बिहे हुने अवस्थासम्म सिर्जना भएको थियो ।












प्रतिक्रिया