घनश्याम पराजुली (कृष्ण)
दोहा । स्याङ्गजा सहयोग समाज नवप्रतिभा साँस्कृतिक विभागले लोक गायन क्षेत्रमा ख्याती प्राप्त गायक स्याङ्गजाका बुद्धीसागर बस्याललाई सम्मान गरेको छ ।
सल्वारोड स्थित ग्रिन्स रेष्टुरेन्टमा आयोजित कार्यक्रममा १० बर्ष देखी सांगितिक क्षेत्रमा कृयाशिल गायक बस्यालले नेपालको सँस्कृतिको विकासमा पुर्याएको योगदानलाइृ कदर गर्दै खादा र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विभागका संयोजक धुर्व बि.सीको सभापत्विमा सम्पन्न कार्यक्रममा सांगितिक प्रस्तुतीहरुले मनोरन्जनका प्रदान गरिएको थियो । प्रमुख अतिथी स्याङ्गजा सहयोग समाजका अध्यक्ष रामु बस्यालले उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै गायक बस्यालको खुलेर प्रशंसा गरे ।
नेपालको साँस्कृतीको जग्रेना गर्दै राष्ट्र प्रतिको जिम्मेवार पुरा गर्न गायक बस्याल सफल रहेको उनले बताए । स्यासस कतारका परोपकारी अभियानलाई स्मरण गरे ।
गायक बस्यालले कतारमा स्याङ्गजावासीहरुसँग भेट्न पाएकोमा खुसी प्रकट गरे । उनका चलेका लोकगित डाफे नाचेर फुल काँहा फुल्छर हागै भाचेर , बाजेका पालमा मोहोर पाथी सुन , छमछम पाउजुले जस्ता गितले सहभागिहरुलाई नचाए । स्याङ्गजाको मालुङ्गामा जन्मेका उनी हाल क्यानडामा बस्दै आएका छन ।
प्रदेशबाट बाबाआमाको सम्झनामा बुढेसकालैमा नामक एल्बम निकालेको बताए । छोरा नाती कनकन गर्छन , बुहारीले आखा र्तछन बुढेसकालैमा बोलको गित गाएर सुनाए ।
उनले यस गित मार्फत अवार्ड समेत पाएका थिए । क्यानडा बसेपनी नेपालको सम्झनाले सताईरहने उनले भने । तिस लाख प्रवासी नेपालीको बेदनालाई समेटेर लाहुरे नामक एल्बमको तयारीमा छन । सानैबाट संगितमा रुची राख्ने उनले गाँउमा सारङ्गी बजाउदा बाहुनको छोराले सारङ्गी बजायो भनेर बाबाआमाले खानै छाडेको स्मरण गरे ।
सारङ्गी बजाएकै भएर उनलाई स्याङ्गजाबाट पढ्न भनी पाल्पा पठाईएको थियो । काठमाडौ झरेपछी लोकदोहोरी गित रेकड गर्ने वा टेलिभिजनमा बजाउनका लागी ढोका थुनेर काम गर्नु पर्ने अवस्थालाई सम्झे ।
अहिलेको अवस्था सहज रहेको भन्दै नवप्रतिभा साँस्कृतिक विभागबाट एल्वम निकाल्न चाहने साथीहरुलाई सहयोग गर्ने बताए । गायक बस्याल गत शुक्रबार सम्पन्न नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरु विचको मैत्रीपुर्ण खेलमा हौसला प्रदान गर्न आयोजना गरिएको साँस्कृतिक कार्यक्रमका लागी कतार आएका हुन ।
कार्यक्रममा अतिथीहरु स्याससका संस्थापक सचिव कमल न्यौपाने , निर्वतमान अध्यक्ष टुकराज अर्याल , सल्लाहकार गुरुनारायण रानाभाट लगायतले मन्तव्य राखेका थिए ।
सभापती नबप्रतिभा विभागका संयोजक धुर्व बि.सीले उपस्थित सबैलाई धन्यवाद प्रकट गरे । कार्यक्रममा उनको सांगितिक प्रस्तुती पनी रहेको थियो । गायिका रमा अर्यालको गितले सबैलाई भावुक बनायो ।
उनले हिमाल तातो भयो रे , देश रोएको गित गाउ कसरी बोलको गित गाईन । स्याससका सचिव चिरन्जिवी ढकालले सन्चालन गरेको कार्यक्रमलाई नवप्रतिभा साँस्कृतिक विभागका सचिव कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए । उल्लेख्य मात्रामा स्याङ्गजालीहरुको सहभागिता रहेको कार्यक्रमलाई रात्रिभोज सँगै समापन गरियो ।















प्रतिक्रिया