१ कार्तिक २०८३, आइतबार

भट्टराइले जनता र प्रजातन्त्रलाई धोका दिएः भीम रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalरामसुन्दर आचार्य
काभ्रे, २० मंसिर । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाओवादी नेता डा. बाबुराम भट्टराइले नेपाली जनता र प्रजातन्त्रलाई धोका दिएको आरोप लगाउनु भएको छ ।

शनिबार काभ्रेको बनेपामा एमाले निकट नेपाल बैक कर्मचारी संघको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै रावलले जनता र प्रजातन्त्रको मुल्य मान्यतालाई बाबुरामले धोका दिएको आरोप लगाउनु भएको हो ।

उहाँले  एमाओवादी नेता भट्टराईसँग जनतामा जाने नैतिक आधारसमेत  नभएको जिकीर गर्नुभयो । ‘संविधानमा विवादित विषयमा दलहरुले प्रस्तुत गरेको प्रतिवेदनलाई संविधानसभामा छलफल नहुने भनी पठाएका छन्,’ उनले भने, ‘त्यसैले नेता भट्टराइलाई जनता सामु जाने कुनै नैतिक आधार समेत छैन ।’