१ कार्तिक २०८३, आइतबार

मिश्रित प्रणाली अवलम्बन गर्न सकिन्छः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, २० मंसिर । एमाओवादी अध्यक्ष प्रचण्डले राज्य पुनःसंरचनामा मिश्रित प्रणाली अवलम्बन गरेर जान सकिने बताउनु भएको छ ।

रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिचान र सामथ्र्यलाई आत्मसात गरेर जानुपर्नेमा जोडदिनुभएको हो ।

उहाँले जनतालाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्दै राज्य पुनःसंरचनाका सन्र्दभमा विषयमा नभइृ नियतमा समस्या देखिएको बताउनुभयो ।  उहाँले सहमतिमा सबैले अपनत्व महसुस गर्नेखालको संविधान तोकिएकै मितिमा जारी हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

विगतमा दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमतिका आधारमा अघि बढ्ने हो भने माघ ८ मा जसरी पनि संविधान बन्ने उहाँको भनाई थियो ।

त्यसैगरी उहाँले संविधानसभा सामान्य संसद् होइन भन्दै अङ्कगणितको आधारमा निर्णय हुन नसक्ने पनि ठोकुवा गर्नुभयो ।

उहाँले संविधानसभाको दोस्रो निर्वाचन पछि नेपाली काँग्रेस र नेकपा एमालेका  नेताहरुमा अहङ्कार पलाएको आरोप लगाउँदै जतिसुकै विवाद भएपनि अन्त्यमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दलहरुबीच सहमतिको सम्भावना नरहेको बताउँदै अध्यक्ष प्रचण्डले माघ ८ को समय घर्किसकेको उल्लेख गर्नुभयो ।

‘कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणमा आफूलाई दाता र अरुलाई भिखारी जस्तो गर्दैछन्’, प्रचण्डले गुनासो गरे,उहाँले भन्नुभयो, ‘दुई तिहाईले पेलेर संविधान बनाउने सोचेको भए त्यो सम्भव छैन र जनताले साथ दिँदैनन ।’