१ कार्तिक २०८३, आइतबार

महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पदयात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गरिनुपर्ने माग गर्दै शनिबार पदयात्राको आयोजना गरिएको छ ।

महिला अधिकार मञ्च, नेपाल महिला एकता समाज र एक्सन एड नेपाललगायतका सङ्घ÷संस्थामा आबद्ध युवाद्वारा सञ्चालित युवा अभियानले आयोजना गरेको सो पदयात्रा ज्ञानेश्वरबाट सुरु भएर कमलपोखरी, पुतली सडक, पद्मोदय घुम्टी, प्रदर्शनीमार्ग, भद्रकाली, सहिद ढोका, सुन्धारा, नयाँ सडक र वीर अस्पताल हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

पदयात्रापछि सो अभियानको आयोजनामा रत्नपार्क, घन्टाघरस्थित त्रिचन्द्र क्याम्पस र पुरानो बसपार्क नजिकै  सर्वसाधारणलाई सुरक्षित सहर र महिला हिंसाबारे आफूले बुझेको कुरालाई प्रत्यक्ष चित्रमार्फत उतार्न लगाइने छ । सो चित्रलाई प्रदर्शनका निम्ति सडकमा राखिने छ ।

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहँदा पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेको हत्या, हिंसा, बलात्कार, दाइजोको निहुँमा घर निकालालगायतका घटना अन्त्य गर्नुपर्ने मागसमेत युवाले गरेका छन् ।

बढ्दो सहरीकरणका कारण सार्वजनिक स्थान तथा यातायातमा महिलामाथि हुने यौन दुव्र्यवहार बढ्दै गएको युवाको भनाइ छ । अभियानकर्मी प्रसुन राईले उपत्यका वरपर चल्ने सार्वजनिक यातायातमा सिटको क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारण महिलामाथि विभिन्न किसिमको यौन दुव्र्यवहार बढ्दै गएको छ भन्नुभयो । रासस