गौशाला, २० मंसिर । चाँदीका गरगहनासहित शनिबार महोत्तरीको मूल भन्सार नाका भिट्ठामोडमा एक भारतीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सीतामढी जिल्लाको सुरसण्ड पञ्चायत वडा नं १ बस्ने २६ वर्षीय अमितकुमार सोनी रहेको सीमा सुरक्षा भन्सार राजस्व गस्ती टोली भिट्ठामोडका प्रहरी नायब उपरीक्षक महेश केसीले बताउनुभयो ।
गरगहनासहित भारततिर जान लागेका युवकलाई सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सूर्यप्रसाद लामिछानेको टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।
सिक्री थान १५, पायल थान एक, कचौरा थान एक र कच्चा चाँदीका दाना (बुनिया) गरी ३३ तोला सात आना चाँदीका गरगहना सोनीबाट बरामद गरिएको छ ।
पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरीमा र चाँदीका गरगहना मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाइएको छ । रासस















प्रतिक्रिया