१ कार्तिक २०८३, आइतबार

यातायात आचारसंहिता पालना भएन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेको हत्या, हिंसा र बलात्कारका घटना अन्त्य गर्न युवाहरुले आग्रह गरेका छन् ।

एक्सन एड नेपाल नामक संस्थाका आशिष विकले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा दाइजो, घरायसी कलह, प्रेम विवाहलगायत कारणले महिलालाई जिउँदै जलाएर मार्ने घटना बढ्दै गएको हुँदा त्यसको अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

अन्तर्राष्ट्रिय सुरक्षित सहर अभियानअन्तर्गत रही सार्वजनिक स्थान तथा यातायातमा हुने महिला यौन दुव्र्यवहारविरुद्ध युवाद्वारा सञ्चालित अभियानका अभियानकर्मी विकले महिलामाथि हुने हिंसाविरुद्ध  सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँमा चल्ने सार्वजनिक यातायातमा सिटको क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिले भिडभाडमा महिला तथा किशोरीमाथि विभिन्न किसिमको यौन दुव्र्यवहार हुने गरेको एक्सन एडले जनाएको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात आचार संहिता, २०६७ भनेर जारी गरिसकेको अवस्थामा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा महिला एवं अशक्तलाई भनेर सिट तोकिदिए पनि यथार्थमा क्षमताभन्दा बढी यात्रु राखिने गरेको तथा आरक्षण सिटमा पनि अन्य यात्रु बस्ने गरेको पाइन्छ ।