१ कार्तिक २०८३, शनिबार

उच्चपदस्थ व्यक्तिहरूको पैसा खातामै नपुगी गायव !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Paisaकाठमाडौं, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘हाई प्रोफाइल’ (उच्च पदस्थ) व्यक्तिहरूको रकम बैंक खातामै नपुगी गायब हुने गरेको रहस्य खोलेका छन्।

अख्तियारमाथि निम्न र मध्यम वर्गीय व्यक्तिहरूमाथि मात्र अनुसन्धान गरिरहेको आरोप लागिरहेका बेला प्रमुख आयुक्त, कार्कीले उच्च पदस्थहरूको बैंक खातामा ५ सयदेखि १ हजार रुपैयाँ मात्र हुने गरेको रहस्य खोलका हुन्।

हाई प्रोफाइलका एक हजार जनाको सम्पत्ति छानबिनका क्रममा नयाँ तथ्य सार्वजनिक भएको बताउँदै उनले ससुरालीको खातामा पनि नदेखिनुले थप रहस्य देखिएको र यो अख्तियारका लागि सबैभन्दा बढी चुनौती भएको बताएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।