काठमाडौँ, १९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले जनताको कठघरामा उभिन आफु तयार रहेको बताउनु भएको छ ।
शुक्रबार संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । अख्तियारको काम कारवाहीबारे स्पष्टीकरण लिन कार्कीलाई शुक्रबार समितिले बोलाएको थियो ।
बैठकमा उहाँले अख्तियारको गरिमा बचाउँनका लागि आफु लागि परेको भन्दै आफ्नौ इमान्दारिता र निष्ठामा शंका भए जनताको कठघरामा उभिन तयार भएको बताउनु भएको हो ।
संस्था स्थायी र आफु अस्थायी भएको भन्दै उहाँले अख्तियारजस्तो संस्थाको गरिमालाई बचाउन आग्रह गर्नुभयो ।
उहाँले बैठकमा अख्तियार ‘ठूला माछा’ समात्ने अभियानमा लागेको समेत खुलासा गर्नुभयो ।
नेता, प्रशासक र अन्य उच्च पदस्थ एक हजार बढी व्यक्तिको सम्पत्ति छानविन गरिरहेको कार्कीले जानकारी दिनुभयो ।















प्रतिक्रिया