१ कार्तिक २०८३, आइतबार

आर्थिक पत्रकारिता पुरस्कार भट्टलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhattaधनगढी, १९ मंसिर । कञ्चनपुर उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार–२०७१  बाट पत्रकार गणेशदत्त भट्ट पुरस्कृत भएका छन् ।

पत्रकारिता क्षेत्रबाट आर्थिक सम्वृद्धि गर्न योगदान पु¥याएबाफत  संघले आफ्नो २६ औं वार्षिक साधारणसभाको अवरमा पत्रकार भट्टलाई नगद  ५ हजारसहित सो पुरस्कारबाट पुरस्कृत गरेको हो ।

कञ्चनपुरबाट प्रशारित रेडियो महाकालीका समाचार प्रमुख रहेका भट्टलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष भाष्करराज राजकर्णीकारले नगद पुरस्कार, प्रमाणपत्रसहित दोसल्ला ओढाएर पुरस्कृत  गरेका थिए ।

पत्रकार भट्टले जिल्लाको आर्थिक क्षेत्रमा कलम चलाएर अमुल्य योगदान पु¥याएको पुरस्कृत गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव हेमराज जोशीले बताए ।

महेन्द्रनगरबाट प्रकाशित हुने एन्जिल टाईम्स दैनिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्ट  काठमाडौंबाट प्रकाशित हुने कारोबार राष्ट्रिय दैनिकका जिल्ला सम्वाददाता रहेका छन् । उनीविगत १० वर्षदेखि पत्रकारितामा आवद्ध छन् ।