३० आश्विन २०८३, शुक्रबार

थ्रेसरले यसरी लियो हरिमायाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १९ मंसिर । झापाको लखनपुरमा धान झार्ने थ्रेसरमा कपाल बेरिँदा एक महिलाको मृत्यु भएको छ ।

लखनपुर–१ का धनेश्वर आङदम्बेको धान थ्रेसरबाट झार्ने क्रममा ३७ वर्षीया हरिमाया सम्बाहाम्फेको कपाल थ्रेसरमा बेरिँदा घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय चार–पाँचजना महिला मिली धान झारिरहेको अवस्थामा अचानक सम्वाहाम्फेको कपाल थ्रेसरमा बेरिएको थियो ।
घटनास्थलमा खटिएका प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि मेची अञ्चल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।