१ कार्तिक २०८३, शनिबार

राजनीतिक दलका नेताहरूले सित्तैमा मागे भोटेकोसीको शेयर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhote kosiकाठमाडौं, १९ मंसिर । नेपालीको मुख्य लगानी रहेको उपल्लो भोटेकोसी जलविद्युत् आयोजनासँग सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलले स्थानीयका नाममा ६ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर सित्तैंमा मागेका छन्।

बजारमा सूचीकृत गर्दा एक हजार रुपैयाँको सेयर एक सय रुपैयाँमा किन्न माग राख्दै राजनीतिक अगुवाहरूले भोटेकोसी पावर कम्पनीलाई गत साउनमा पहिरोबाट क्षतिग्रस्त चारवटा टावर ठड्याउन दिएका छैनन्।

दलहरूले माग गरेको ३५ प्रतिशत सेयरको मूल्य बजारभाउमा सात अर्ब रुपैयाँ हुन्छ भने सय रुपैयाँ प्रतिकित्ता बेच्दा आयोजनालाई ७० करोड रुपैयाँ प्राप्त हुन्छ।

भोटेकोसीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले भने, हामी समुदायलाई पाँच प्रतिशत दिन तयार छौं तर सात अर्ब पर्ने सेयरलाई ७० करोडमा किनेर रातारात धनी हुने उहाँहरूको योजना छ।

एक सय ४४ दिन उत्पादन ठप्प हुँदा कम्पनीलाई दैनिक औसत ८४ लाख रुपैयाँका दरले हालसम्म एक अर्ब २० करोड ९६ लाख रुपैयाँ घाटा परेको उनले बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। भोटेकोसीको क्षमता ४५ मेगावाट छ।