१ कार्तिक २०८३, आइतबार

सभासद् खड्काको दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ मंसिर । सरकारले सभासद् हरिबहादुर खड्काको दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सभासद् खड्काको दुर्घटना छानबिनका लागि पुनरावेदन अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा गृह मन्त्रालय र दुवै सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी जाँचबुझ समिति गठन गरिने छ ।

बुधबार बागलुङमा भएको मोटर दुर्घटनामा परी सभासद् खड्का गम्भिर घाइते हुनु भएको छ ।

सरकारले सभासद् खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च व्योहोर्ने निर्णयसमेत गरेको सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो ।