लक्ष्मी काफ्ले
झापा, १८ मंसिर । नेकपा एमालेका प्रमुख सचेतक अग्नी खरेलले बाबुराम भट्टराई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति भन्दा पनि एमाओवादीको नेताको हैसिएतमा काम गरेकाले समस्या भएको आरोप लगाउनु भएको छ ।
बिहीबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खरेलले यस्तो आरोप लगाउनु भएको हो ।
‘बाबुराम भट्टराईले संविधानसभामा भएका विषयहरुलाई बन्धक बनाएर राखेकाले समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीकै कारण संविधान निर्माणमा ढिलाई भएको छ । ’
उहाँले २२ दलीय मोर्चा संविधान नबनाउने षडयन्त्रमा लागेको पनि आरोप लगाउनुभयो ।















प्रतिक्रिया