नेपालगञ्ज, १८ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले नेत्रविक्रम चन्द विप्लवको पदीय महत्वकांक्षाका कारण पार्टी विभाजन गरेको आरोप लगाउनु भएको छ ।
चन्द समुहलाई त्रुटी र कमजोरीलाई केलाउँदै अघि बढौँ भनेर आग्रह गर्दा पनि नमानेर आफै चोईटिएर गएको समेत वैद्यले आरोप लगाउनुभयो ।
उहाँले पत्रकार सम्मेलनमा संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभा गठन गर्न पनि माग गर्नुभयो ।
उहाँले यही संविधानसभाबाट संविधान जारी नुहने ठोकुवा गर्दै सर्वपक्षिय राजनीतिक सभाको गठन र त्यही सभामार्फत संविधान जारी गर्ने प्रस्ताव राख्नुभयो । उहाँले वर्तमान सरकारले धेरै राष्ट्रघाति कामहरु गरेको समेत आरोप लगाउनु भयो ।















प्रतिक्रिया