कतार । मौलिक प्ये ताँ ल्हु ताँको संरक्षण र संवद्र्धन गराउने उद्धेश्यले रोजगारको क्रममा कतारमा रहेका तमूहरुको मौलिक संस्था तमू प्ये ल्हु संघ कतार शाखाले शाखा स्थापनाको उद्घाटन एवम् तमूहरुको ल्हु ल्होसार विशेष कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रममा नेपालबाट तमू संस्कार, संस्कृतिका विज्ञहरुको विशेष उपस्थिति हुने भएको छ ।
कतारको दोहास्थित सालिमार प्लेस हलमा यही जनवरी ९ तारिखमा हुन लागेको तमू प्ये ल्हु संघ कतारको उद्घाटन एवम् ल्हु ल्होसार विशेष कार्यक्रममा नेपालबाट मानवशास्त्रीका विद्यार्थी युवा पच्यु पैडी पोल वहादुर क्रोम्छै तमू, तमू ह्युल छोँज धिँ गुरुङ राष्ट्रिय परिषदका कोषाध्यक्ष हरिमाया ल्हेगे तमु र आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका सदस्य देवीजंग ल्हेगेँ तमूको कार्यक्रममा विशेष सहभागि हुनुहुने भएको छ ।
कतारमै पहिलोपटक नेपालबाट अतिथिहरु सहभागि भई हुन लागेको यस उद्घाटन एवम् ल्हु ल्होसार विशेषबाट कार्यक्रममा तमूहरुको मौलिक प्ये ताँ ल्हु ताँबारे नेपालबाट आउने अतिथिहरुबाट कार्यपत्र प्रस्तुत गरिने भएको कार्यक्रम संयोजक एम प्हच्यु तमूले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत, खेकीहरुबाट शुभकामना दिदै प्हैइरु (शुभ धागो) लगाउने, शाखालाई सहयोग गर्नेहरुलाई सम्मान कार्यक्रम एवम् विविध साँस्कृतिक कार्यक्रम समेत हुने भएको अध्यक्ष युद्ध जंग प्हच्यु तमूले जानकारी दिनुभयो ।
तमूहरुको मौलिक पर्व ल्होसारमा १२ वटा वर्गहरुमध्ये प्रत्येक पौष १५ गते वर्ष एक वर्गको विदाईसंगै अर्को वर्गको स्वागत गरिन्छ ।सोहि अनुरुप यस वर्ष त ल्हो घोडा वर्गको विदाई गरि ल्हु ल्हो भेडा वर्गको स्वागत गर्दै तमूहरुले ल्होसार मनाउन लागेको हो ।













प्रतिक्रिया