१ कार्तिक २०८३, आइतबार

बर्तमान सरकार विदेशीको कठपुतली बनेको छः गजुरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-gagurelसुनसरी, १८ मंसिर । नेकपा–माओवादी नेता सीपी गजुरेलले बर्तमान सरकार भ्रष्टाचार र तस्करीमा आधारित विदेशीको कठपुतली सरकार भएको भएको आरोप लगाउनु भएको छ ।

सुनसरीको इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता चलाउनेहरुले देशलाई झन् ठूलो संकटमा धकेलेको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधानसभा प्रतिगामी बनेको भन्दै तत्काल खारेज गर्न समेत माग गर्नुभयो ।

देशको संकट तत्काल समाधान नहुने भन्दै उहाँले  निकासका लागि बर्तमान सरकारको विघटन र राष्ट्रिय सहमतीको सरकार गठनको समेत माग गर्नुभयो ।

संविधान दिन नसक्ने संविधानसभा जनताको लागि आफैमा बोझ बनिसकेको तर्क गर्दै गजुरेलले बर्तमान संविधानसभाले संविधान दिएपनि त्यसले समस्या समाधान गर्न नसक्ने र नयाँ द्वन्द निम्त्याउने चेतावनी दिनुभयो ।  संविधानसभा प्रतिगामीहरुको कब्जामा गइसकेको उहाँको भनाई थियो ।