७ कार्तिक २०८३, शनिबार

सातसय सवारीचालक अनुमतिपत्रमा प्वाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laisan
पथरी, १८ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मादकपदार्थ सेवन गर्ने ७०० को सवारीचालक अनुमतिपत्रमा प्वाल पारेको छ ।

मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ७०० सवारीचालकको सवारीचालक अनुमतिपत्रमा प्वाल पारेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय मोरङले मापसे जाँचलाई तीव्र बनाएपछि साउन महिनादेखि मङ्सिर १५ सम्ममा कारबाहीस्वरुप ७०० सवारीचालक अनुमतिपत्रमा प्वाल परेको हो ।

मादकपदार्थ जाँचबाट साढे चार महिनामा सात लाख राजस्वसमेत सङ्कलन गरेको  श्रेष्ठले जानकारी दिनुभयो ।