१ कार्तिक २०८३, शनिबार

नेकपा–माओवादी रक्षात्मक पोजिसनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-&-Netra-Bikraकाडमाडौं, १८ मंसिर । नेत्रविक्रम चन्द विप्लव ले नेकपा-माओवादीबाट अलग भएर नेकपा माओवादी गठन गरेपछि नेकपा माओवादी रक्षात्मक अवस्थामा देखिएको छ।

आफ्ना कार्यकर्तालाई विप्लवको संयोजकत्वमा गठित पार्टीमा जानबाट रोक्न नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलगायत शीर्ष नेता जिल्ला दौडहामा निस्किएका छन्।

वैद्यको कार्यदिशासँग असहमति राख्दै विप्लवले केही दिनअघि नेकपा माओवादी गठन गरेका थिए।

पार्टी फुटाउनुअघि विप्लव सचिव थिए।

अढाइ वर्षअघि विप्लवसमेतको सहयोगमा एमाओवादीबाट अलग भएर वैद्यले नेकपा-माओवादी गठन गरेका थिए।

अहिले आएर उनै सहयोगी विप्लवले अलग भएर नयाँ पार्टी गठन गरेपछि वैद्य एमाओवादीसँग नजिकिनुपर्ने बाध्यतामा पुगेको समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

उता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि कार्यकर्तालाई विप्लवको पार्टीमा जानबाट रोक्ने पक्षमा छन्।

यस अर्थमा दाहाल-वैद्य पार्टी एकताको सूत्रको खोजीमा लागेको उच्च स्रोतले बतायो।

कार्यकर्तालाई विप्लवको पार्टीमा जानबाट रोक्न नेकपा-माओवादीका अध्यक्ष वैद्य सुदूरपश्चिम, उपाध्यक्ष सीपी गजुरेल कोचिला, महासचिव रामबहादुर थापा बादल भोजपुरा र सचिव देव गुरुङ तमुवान क्षेत्रमा पुगेका छन्।

अध्यक्ष एक सातामा आउनुहोला, अन्य नेताहरू जिल्लातिरै रहनुहुन्छु, पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, हामी सबै माओवादीको एउटै केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा छौं।

चन्दले पार्टी फुटाएपछि वैद्य र दाहालबीच एकताको सूत्र खोज्ने विषयमा छलफल भएको छ।

छलफल सकारात्मक रहेको जानकारी भुसालले दिइन्।

नयाँ जनवादी क्रान्ति पूरा गर्न क्रान्तिकारीहरू जुट्ने गरी छलफल अगाडि बढाउनुपर्छु, भुसालले भनिन्।