१ कार्तिक २०८३, शनिबार

मेला हेर्न जाँदा बर्दियाकी युवती भारतमा बलात्कृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balatkar
बर्दिया, १८ मंसिर । भारतमा मेला भर्न गएकी बर्दिया ढोढरी ४ धनौराकी मुक्त कमलरी युवतीलाई ४ भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् ।

नेपाल प्रहरीले स्वास्थ्य परीक्षणपछि ती युवती भारतीय प्रहरीको सेल्टरमा रहेको जनाएको छ ।

बलात्कृतको अवस्था चिन्ताजनक छ ।

सीमावर्ती बहराइचको बिछियासिथ्त कटरिया बाबानजिक १७ वर्षीया मुक्त कमलरी बलात्कृत भएको त्यस क्षेत्रमा काम गर्ने संस्था नेपाल युथ फाउन्डेसनका कानुन अधिकृत फक्ला थारुले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

रातभर जाग्रम बस्ने मेलामा उनलाई चार भारतीय युवाले १२ बजे जर्वजस्ती जंगलमा लगेर बलात्कार गरेका थिए ।

घटनापछि स्थानीयबासीले मानेै प्रयास गर्दा उनीहरु भागेका थिए ।

ती युवतीको शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।

बलात्कृत युवतीको योनी लगायतका धेरै भाग सुन्निएको फाउन्डेसनले जनाएको छ ।