१ कार्तिक २०८३, आइतबार

सहमतिका लागि संविधानसभा विघटन गर्नुपर्ने देव गुरुङ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dev Gurungपरासी, १७ मंसिर । नेकपा–माओवादीका सचिव देव गुरुङले नेपाली काँग्रेस र नेकपा एमाले संविधान निर्माणको मुख्य बाधक रहेको आरोप लगाउनुभएको छ ।

नवलपरासीको कावासोतीमा बुधबार क्रान्तिकारी पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरुङले एमाओवादी, नेकपा–माओवादीलगायतका मधेसवादी दलहरू पनि संविधान निर्माणको बाधक भएको जिकिर गर्नुभयो ।

सचिव गुरुङले निकासका लागि राष्ट्रिय सहमतिको विकल्प नभएकोमा जोड दिँदै राष्ट्रिय सहमतिका लागि संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिकसभा गर्नुपर्नेमा जोड दिनुभयो ।

सचिव गुरुङले माघ ८ मा जनसंविधान नआउने दाबी गर्दै भन्नुभयो–‘माघ ८ मा जनसंविधान त परै जाओस् काँग्रेस एमालेले चाहेको २०४७ को जस्तो संविधान आउने सम्भावना भइसक्यो ।’