१ कार्तिक २०८३, आइतबार

धादिङमा दुर्घटना, चार जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १७ मंसिर । धादिङको जोगिमारामा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चालक र सहचालक घाइते भएका हुन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा–२  मा बुधबार दिउसो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा पर्साको चोर्नी गाविस ९ का फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अर्का एकजनाको भने सनाखत भएको छैन ।