काठमाडौं, १७ मंसिर । एनएमबी बैंक लिमिटेड र क्लिन इनर्जी डेभलपमेन्ट बैंक एकआपसमा गाभिन मर्जरका लागि मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यसअघि गत असो १३ गते एनएमबीमा पाथिभरा विकास बैंक र भृकुटी डेभलपमेन्ट बैंकले मर्ज हुन समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
सबै मर्जरपछि नयाँ बैंकको चुक्ता पुँजी र जगेडा कोष वृद्धि भई ५ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ। चुक्ता पुँजी भने करिब ४ अर्ब हुने छ।
बैंकको निक्षेप ४२ अर्ब ४४ करोड तथा कर्जा लगानी ३३ अर्ब ९७ करोड रुपैयाँ पुग्ने छ।
निजी क्षेत्रका अन्य वाणिज्य बैंकसँग चुक्ता पुँजी दाँज्दा एनएमबी चौथो ठूलो हुने समाचार आजको नागरिक दैनिकले छापेको छ।
‘विदेशी बैंकका शाखा पनि नेपालमा आउनसक्छन् र तीसँग प्रतिस्पर्धा गर्न वित्तीय रूपमा ठूलो र बलियो बैंक चाहिन्छ, एनएमबीका प्रमुख कार्यकारी अधिकृत सिइओ उपेन्द्र पौडेलले भने, ‘त्यही भएर हामी एकआपसमा गाभिएका हौं।















प्रतिक्रिया