काठमाडौं, १७ मंसिर । संविधान निमार्ण गर्ने माघ ८ को तिथि नजिकिदै गर्दा प्रमुख राजनीतिक दलहरुको चासो सत्तातिर केन्द्रित भएको छ ।
उनीहरु संविधान निमार्णमा ब्यस्तजस्तो देखिएपनि आन्तरिक रुपमा भने सरकारको लेखाजोखामा रहेको सम्बन्धित दलका नेताहरुले पुष्टि गरेका छन् ।
दोस्रो ठूलो दल एमालेले सोमबार मधेसी दलहरुलाई राष्ट्रिय सरकारका लागि आग्रह गरेपछि यो विषय सतहमा आइपुगेको हो ।
सत्तारुढ दल काँग्रेस एमाले दुबै सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयासमा लागेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
संविधान निमार्णको काम सहज होस भन्ने उद्धेश्यले त्यसलाई राष्ट्रिय सरकार बनाउने कुरामा जोडेको नेताहरुको दाबी छ ।















प्रतिक्रिया