काठमाडौं, १७ मंसिर । सडक विभागको महानिर्देशकको स्वागतमा लाखौं खर्चेर भव्य भोज गरिएको छ ।
विभागका नयाँ महानिर्देशक माधब कार्कीको स्वागतमा कर्मचारीहरुसँग पैसा असुलेर सोमबार महँगा मदिरासहितको भोज आयोजना गरिएको हो ।
कार्की तीन साताअघि महानिर्देशक भएका थिए ।
उनको स्वागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलालाई अतिथी बनाएर भोज आयोजना गरिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
झन्डै दुई सय कर्मचारी उपस्थित भोजमा करिब पाँच लाख रुपैयाँ खर्च भएको स्रोत बताउँछ । भोजमा व्ल्याक लेबल र रेडलेवललगायतका महँगा रक्सी मात्र सर्भ गरिएको छ ।
लैनचौर ब्याक्वेटमा आयोजित भोजका लागि कर्मचारीहरुसँग तीनदेखि पाँच हजार रुपैयाँ उठाइएको थियो ।
देशभरका सडक डिभिजन कार्यालयका प्रमुख तथा इन्जिनियरहरुबाट पैसा असुलिएको स्रोत बताउँछ ।















प्रतिक्रिया