१ कार्तिक २०८३, शनिबार

एक सय नम्बरमा ब्लफकल आएर प्रहरी हैरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Phoneकाठमाडौं, १७ मंसिर । उपत्यकामा आपराधिक घटना तथा प्रहरीबारे जानकारीका लागि राखिएको १०० नम्बरमा बढी ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान भएका छन् ।

आपराधिक घटना र प्रहरीले दुख दिए जानकारी लिन, आपराधिक घटना भए तत्काल प्रहरी परिचालन गर्न, हराएको चोरिएको लगायतका घटनाबारे उपत्यकाका प्रहरी कार्यालयलाई अलर्ट राख्ने कामका लागि महानगरीय प्रहरी कार्यालयमा कन्ट्रोल रुमका  ड्युटीमा रहेका प्रहरीले तत्काल नजिकको प्रहरी कार्यालय र सिआरभी भ्यानलाई घटनाबारे जानकारी दिएर लोकेसनसहित परिचालन गर्दै आएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

त्यसका लागि २७ प्रहरी खटिएका छन् । तर, गलत सूचना आउँदा उनीहरु हैरान भएका छन् ।

आकस्मिक जानकारीका लागिएको १०० नम्बरमा फोन गरेर पुरुष प्रहरी जिस्काउने, हुदै नभएको घटना भयो भनेर जानकारी दिने र ममिले गाली गर्नुभयो भनेर फोन गर्ने बालबालिकाको संख्या पनि उत्तिकै छ ।

एआइजी विज्ञानराज शर्माका अनुसार कात्तिक महिनामा आएका कलमध्ये १२ हजार ६ सय ४९ वटा ब्लफ कल थिए ।