२९ आश्विन २०८३, बिहिबार

राखेप कार्यकर्ताको भर्ती केन्द्र भयोः खेलकुद मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annfsu-marathun-2
काठमाडौँ, १६ मंसिर । युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले राजनीतिक नियुक्तिबाट दलका कार्यकर्ता भर्ती गर्ने परम्पराका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रगति गर्न नसकेको गुनासो गर्नुभएको छ ।
अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको ह्वील चियर दौड प्रतियोगिताको उदघाटन गर्दै मन्त्री पौडेलले यस्तो गुनासो गर्नुभएको हो ।

annfsu-marathun

उहाँले कार्यक्रमम राखेपको पुनर्गठन आवश्यक भएको दाबी गर्नुभयो । उक्त दौड प्रतियोगितामा ५० जना सहभागी थिए  ।

सहभागी प्रतियोगिहरु मध्ये पुरुषतर्फ सन्जय चौधरी तथा महिला तर्फ सोनिकाले प्रथम स्थान हाँसिल गरे । प्रतियोगितामा क्रमस पुरुषतर्फ  राम ब. गुरुङ, तेजु घर्ती मगर र महिलातर्फ यामी मगर, लाली तामाङ दितिय र तृतीय भए ।  प्रतियोगितामा सहभागी सबैलाई खेलकुदमन्त्री पौडेलले प्रमाणपत्र तथा नगद प्रदान गर्नुभएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दितिय र तेस्रो स्थान हाँसिल गर्नेहरुलाइ क्रमश नगद रु ७ हजार ५ हजार र ३ हजारसहित
प्रमाणपत्र प्रदान गरिएको थियो ।  भृकुटीमण्डपबाट सुरु भएको दौड सहिद गेट , भद्रकाली , न्युरोड गेट , शान्ति बातिका हुँदै पुन भृकुटीमण्डपमा पुगेर समापन भएको थियो ।