दोहा (कतार), १६ मंसिर । सखुवासभाका अनिस खालिङलाई बचाउन भन्दै देशबिदेशमा रहेका नेपालीबाट आबश्यक भन्दा तीन गुणा बढी रकम उठ्यो ।
अनिस खालिङ बचाउ अभियानले परराष्ट्र मन्त्रालय हुदै नेपाली दुताबास युएईमा पठाइदियो ।
त्यही रकम लिएर नेपाली दुताबासका अधिकारी अदालतमा पुग्दा एउटा अचम्मको सुचना सुनियो, ‘ब्लडमनी स्वरुप बुझाउनुपर्ने रकम कसैले बुझाइदिएछ ।’
‘हामी तीन लाख र पाँच हजार रियालको दुई वटा चेक बुझाउन अदालत पुगेका थियौु’, युएईका लागि नेपाली राजदुत त धनन्जय झाले भने, ‘अदालतले कसैले रकम बुझाइसकेको छ भन्दै चेक फिर्ता गरिदियो । रकम बुझाउने ब्यक्तिबारे केही बताएको छैन् ।’
दुताबासलाई पनि ब्लडमनि बुझाउने ब्यक्तिबारे केही थाहा छैन् उनका अनुसार एकमहिना अगाडि ब्लडमनि बुझाइसकेका पत्र पाएको हो ।
कसले पैसा तिरिदियो भन्ने विषयमा पत्रमै केही उल्लेख नरहेको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पाकिस्तानी नागरीकलाई हत्या गरेको पुष्टि भएपछि युएई अदालतले डेढ बर्षअघि मत्स्यपोखरी ३, संखुवासभाका खालिङलाई मृत्युदण्डको सजाय सुनाएका थिए ।
कमजोर आर्थिक परिवार खालिङलाई बचाउन ब्लडमनि संकलनको लागि अभियान नै शुरु गरेका थियो ।
‘बैंकको कमिसन कटाएर झन्डै तीन लाख दिराम्स बराबर रकम दुताबास आएको थियो’, राजदुत झाले भने,’त्यो रकम बुझाउन नपर्ने भएपछि नेपाल पठाइदिसकेका छौं ।’
ब्लडमनी तिरेपछि ५ वर्ष जेल बस्नुपरे पनि ४५ महिनाको अबधि बराबर पाँच वर्ष हुने भएका कारण अब करिब डेढ वर्षभित्रमा अनिस रिहा हुने बताइएको छ ।
सम्बन्धित पाकिस्तानी परिवार र अदालतले तोकेको तीन लाख दिहाम्स तिर्न समस्या भएपछि मृत्युदण्डबाट अनिसलाई जोगाउन विश्वभरिबाट चन्दा संकलन गरी ३ करोड सत्र लाख नेपाली रुपैयाँ जम्मा गरिएको थियो ।
ब्लडमनीका लागि भनेर ३ लाख र वकिल खर्च ५ हजार दिराम्स बराबर हुन आउने नेपाली ८१ लाख ९ हजार ९ सय ५९ रुपैयाँ परराष्ट्र मन्त्रालयको सिफारिसमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सिंहदरबारस्थित एभरेस्ट बैंकको खातामा गत साउन २८ गते जम्मा भएको अनिस खालिङ राई बचाउ समितिका अध्यक्ष नारद खालिङ राईले बताएका थिए ।
एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले अनिसका लागि उठाइएको रकम तिर्नु नपरेपछि स्याङजाका थमबहादुर कुँवरका लागि उक्त रकम सदुपयोग गर्नुपर्ने बताए ।
कुँवर काम गर्ने सिलसिलामा पाकिस्तानी सहकर्मीको हत्याको आरोपमा ब्लडमनी तिर्न नसकी सहयोगका लागि दूतावास गुहारिरहेका छन् ।
उनको मुक्तिका लागि सम्बन्धित परिवार र अदालतले ब्लडमनी जम्मा गर्नु भन्ने आदेश दिए पनि पैसाको अभावमा थमबहादुर समस्यामा परेका छन् ।
नेपालस्थित अनिस खालिङ राई बचाउ मूल समितिले तीन लाख पाँच हजार दिराम्स बराबर नेपाली करिब ८१ लाख ९ हजार रुपैयाँ युएई पठाईसके पछि पनि चन्दा संकलनबाट प्राप्त करिब २ करोड १९ लाख नेरु नेपाली रुपैयाा नेपालमा अध्यक्ष नारद र अनिसकी श्रीमती रबिना राईका नाममा ग्लोबल आईएमई बैंक, चाबहिल, काठमाडौमा रहेको बताएको थियो ।















प्रतिक्रिया