१ कार्तिक २०८३, शनिबार

तत्काल सहमतिको सम्भावना क्षीण, एमाओवादी पार्टीको आन्तरिक काममा केन्द्रित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, १६ मंसिर । एमाओवादी संविधान निर्माणमा तत्काल राजनीतिक सहमतिको सम्भावना क्षीण हुदै गएको भन्दै पार्टीको आन्तरिक काममा लागेको छ ।

उसले मंसिर २८ गतेदेखि केन्द्रीय समिति बैठक गरी संगठन बिस्तारको काममा केन्द्रित हुने जनाएको छ ।

महासचिब कृष्णबहादुर महराले कांग्रेस, एमालेको संविधानसभन्दा सरकारमा निर्माणमा लागेको आरोप लगाउँदै एमाओवादी पनि आन्तरिक काममा केन्द्रित भएको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘संविधान निर्माणमा कांग्रेस, एमालेको ध्यान छैन, सरकार बनाउने र टिकाउने अभियानमा छन्,’ उनले भने, ‘त्यसकारण हामी पनि अब पार्टीको आन्तरिक काममा लाग्छौं ।’

अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताको बैठकले मंसिर अन्तिम साता बैठक बोलाउने निर्णय गरेको थियो ।

संविधान निर्माणमा केन्द्रित हुने भन्दै एमाओवादीले आन्तरिक कार्यक्रम स्थगित गरेको थियो ।

त्यस्तै संविधान निर्माणका केन्द्रित हुने भन्दै एमाआवादीले अन्तरसंघर्ष पनि स्थगित गरेको थियो । ‘संगठन बिस्तार र जनजागरण काममा लाग्ने तयारी हुदैछ’ उनले भने, ‘सहमति पनि नहुने र आन्तरिक काम प्रभावित भएकाले केन्द्रीय समिति बैठक बोलाएका छौ । त्यसपछि कार्यक्रम बनाएर जान्छौ ।’

उसले मंसिरभित्र सहमतिको प्रयास भने जारी राख्ने जनाएको छ ।

यो महिनाभित्र सहमति नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको सचिब वर्षमान पुनले बताए ।

‘अब संविधान निर्माणमा मात्र समय लगाउन सकिदैन, पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छु उनको भनाइ छ, ‘मंसिर भित्र सहमतिको प्रयास हुनेछ, भएन भने पुस पहिलो साता संघर्षका कार्यक्रम घोषणा हुनेछन् ।’

यसअघि तीन पटक केन्द्रीय समिति बैठक स्थगित भइसकेको छ ।

केन्द्रबाट पार्टी योजना तय नहुदा एमाओवादीका स्थानीय संगठनहरु निश्त्रिmयजस्तै बनेका छन् ।

केही जिल्लाले मात्र आफ्नो ढंगले कार्यक्रम बनाई काम सुरु गरेको एमाओवादीको भनाइ छ ।

अब हुने केन्द्रीय समिति बैठकले संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच उत्पन्न समस्या समाधान गरी विशेष महाधिवशेन गर्नेबारे छलफल गर्ने उनको भनाइ छ ।

‘जिल्ला तहका संगठनमा देखिएका समस्या समाधान गर्ने केन्द्रित हुने कुरा भएको छ’ उनले भने, ‘त्यसपछि एक वर्षभित्र वैचारिक महाधिवेशन गरिनेछ  ।’

गत बैशाखमा बिराटनगरमा भएको राष्ट्रिय सम्मेलनको नेतृत्वप्रति भट्टराई पक्षले असन्तुष्ट जनाउदै नेतृत्वमा बस्न अस्वीकार गरेपछि उत्पन्न बिवाद हाल स्थगित छ ।

त्यसबेला भट्टराई पक्षलृे बिशेष महाधिवेशनको माग गर्दै पद लिन अस्वीकार गरेको थियो । जसका कारण उक्त पक्षले दर्जन बढी जिल्लामा समानान्तर समिति बनाएको थियो ।