२९ आश्विन २०८३, बिहिबार

एनआरएनए दुबई क्षेत्रीय कमिटीद्वारा एक लाख पचास हजार सहयोग प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karki-उत्तम अधिकारी
यूएई  । दुबईमा अचेत अबस्थामा रहेका बुद्धिबहादुर कार्कीको छोराछोरीको शिक्षाका लागि एनआरएनए दुबई क्षेत्रीय कमिटीले एकलाख पचास हजार रुपैया सहयोग गरेको छ ।

दुबईको रासिद अस्पतालमा कोमामा रहेका कार्कीको परिवारलाई नेपालमा भेटेर छोरा र छोरीको नाममा एभरेस्ट बैंकमा संयुक्त मुद्धती खाता खोली उक्त रकम जम्मा गराइएको दुबई क्षेत्रीय कमिटीका अध्यक्ष दामोदर दाहालले बताए।

रोजगारीको सिलसिलामा यूएई आएका ओखलढुंगाका कार्कीको दुबईको राशिद हस्पिटलमा विगत लामो समयदेखि अचेत अवस्थामा उपचार भइरहेको छ । कार्की ड्यूटीको क्रममा मोटर साइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।हस्पिटलमा भर्ना भएपछि ३६ दिनसम्म आईसीयुमा राखिएको थियो ।

बाबुले कमाइ गर्न नसकेकै कारण छोराछोरीको पढाई नारोकियोस भन्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान दुबई क्षेत्रले संचालन गरेको थियो । उक्त अभियानलाई दुबई क्षेत्रका सम्पूर्ण सदस्यहरु, एनआरएनए यूएईका बिभिन्न पदाधिकारी तथा सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख तथा नेपाली समजसेवीहरुले यथासक्य सहयोग उपलब्ध गराएकोमा उक्त क्षेत्रीय समितीले सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

एनआरएनए यूएईको दुबई क्षेत्रीय कमिटीले यस अघि पनि बिभिन्न आर्थिक सहयोग प्रदान गरिसकेको छ । उक्त समितीका अध्यक्ष दाहालका अनुसार भविश्यमा पनि गैर आबसिय नेपाली संघ यूएईको दुबई क्षेत्रले  यस्ता सामाजिक कार्यमा अग्रसर रहि युएईमा रहेका नेपालीहरुको समस्यासंग सधै हातेमालो गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।