१ कार्तिक २०८३, शनिबार

गढीमाईमा राँगाको दुर्गन्धले हैरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadimai Melaबारा, १५ मंसिर । गढीमाई मेला समितिले बलि दिइएका राँगालाई उचित व्यवस्थापन गर्न नसक्दा मेला क्षेत्र अहिले दुर्गन्धित हुन थालेको छ ।

शुक्रबार ५ हजार राँगालाई बलि दिएपछि दुर्गन्धले तिर्थालुलाई समस्या भएको छ ।

नेपाल र भारतबाट मेला भर्न आएका तीथार्लु दुर्गन्ध खपेर गढीमाइ बस्ने की नबस्ने दोधारमा छन् ।

गढीमाई मेला समितिले राँगाको सिनोलाई पूर्णरुपमा व्यवस्थापन गर्न नसक्दा मेला क्षेत्र दुर्गन्धित भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

स्थानीय दलित समुदायले बलि दिइएका राँगा ठेकेदारलाई लैजान नदिएपछि मेला व्यवस्थापन समिति अहिले समस्यामा परेको हो ।

दुर्गन्ध हटाउन समितिले बधशाला र वरपर फेनाइल, मट्टीतेल, डीडीटी पाउडर, चुन, नुन छर्केने काम गरिरहेको छ ।

यसका लागि ५० जना मजदुर, ४ वटा ट्याक्टर, २ वटा डोजर खटाइएको छ । तर त्यसले दुर्गन्ध घटेको छैन् ।

जसका कारण संक्रमण फैलिएर मेला क्षेत्रमा पर्ने एक दर्जन गाउँ महामारीको जोखिममा पर्ने डर थपिएको छ ।