काठमाडौँ, १४मंसिर । इजरायलमा स्थानीय क्रिकेट खेलको क्रममा ५५ वर्षीय अम्पायर हिलेल ओस्कारको क्रिकेट बलले लागेर मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीले इजरायली क्रिकेट संघलाई उदृत गर्दै जनाए अनुसार ओस्कारको शनिबार निधन भएको हो ।
इजरायलको राष्ट्रिय टीमका पूर्व कप्तान समेत रहेका ओस्कारलाई तिब्र गतिमा आएको बलले लागेको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार क्रिकेट बल पहिला विकेटमा लागेको थियो र त्यसपछि उक्त बलले अम्पायरलाई लागेको थियो ।
बलले लागेर अष्ट्रलियाली व्याट्सम्यान फिलिप ह्यूजको निधन भएको केही दिनपछि यस्तो घटना भएको हो ।
ओस्कारको छातिमा बलले लागेपछि हृदयघात भएको र मृत्यु भएको बताइएको छ ।













प्रतिक्रिया