२९ आश्विन २०८३, बिहिबार

लमजुङमा मात्रै १ सय ८१ जनामा एचआइभी सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiv-aidsलमजुङ, १४ मंसिर । लमजुङ जिल्लामा एचआइभी एड्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या १ सय ८१ पुगेको छ ।

जिल्ला एड्स समन्वय समितिलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरु एचआइभी एड्सको क्षेत्रमा क्रियाशील रही न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि लमजुङमा सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्दो छ ।

समन्वय समितिका अनुसार एचआइभी सङ्क्रमितमध्ये २२ जना बालबालिका रहेका छन् । ७७ महिला र १०४ जना पुरुष सङ्क्रमित रहेको र तीमध्ये सबैभन्दा बढी २५ देखि ४९ वर्ष उमेर समूहका १२७ जना छन् । १५ देखि २४ वर्ष उमेर समूहका १८ जना  र ५० वर्र्षभन्दा माथिका १४ जना सङ्क्रमित रहेका छन् । तीमध्ये ६४ जनाले एआरटी औषधि सेवन गरिरहेका छन् ।

लमजुङको एक नगरपालिका र ३७ वटा गाउँ विकास समितिमा एचआइभी सङ्क्रमित रहेको समितिले जनाएको छ । सबैभन्दा बढी चक्रतीर्थ गाविसमा १७ जना, सदरमुकामसमेत रहेको
बेँसीसहर नगरपालिकामा १४ जना सङ्क्रमित रहेको समन्वय समितिले जनाएको छ । लमजुङमा एचआइभी एड्सको सङ्क्रमण भई १० जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि उनीहरु समाजमा खुलेर आउन सकेका छैनन् । १८१ सङ्क्रमितमध्ये अहिलेसम्म दुईजना मात्र आफू सङ्क्रमित रहेको भन्दै समाजमा खुलेका छन् ।

सामाजिक कारणले कतिपय सङ्क्रमितहरु सङ्क्रमण लुकाएर बस्न बाध्य छन् । एचआइभी सङ्क्रमितहरु अनैतिक कार्य गरेका व्यक्ति हुन् भन्ने भ्रम समाजबाट हटाउन सकेमा उनीहरुलाई सार्वजनिक हुन सजिलो हुने सरोकारवाला बताउँछन् । रासस