१ कार्तिक २०८३, शनिबार

विदाको दिन सरकारी गाडी चलाए नियन्त्रणमा लिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadiसुर्खेत, १४ मंसिर । विदाको दिन गुडाइएका आठ वटा सरकारी गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

विदामा पनि कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारीले सरकारी गाडी चलाएर दुरुपयोग गरेको फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

सुर्खेत ट्राफिकले शनिबारमात्र सुर्खेत, दैलेख, कालिकोट र जाजरकोटका आठवटा सरकारी नम्वर प्लेटका गाडी नियन्त्रणमा लिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको बा २ झ ९०५ नम्बरको जीप र जिल्ला विकास समिति कालिकोटको बा १ झ ५६४ नम्वरको जीप नियन्त्रणमा लिइएको ट्राफिक कार्यालयका प्रविण थापाले जानकारी दिए ।

थापाका अनुसार क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय निर्वाचन आयोग कालिकोट, जिल्ला विकास समिति जाजरकोट, जिल्ला खानेपानी कार्यालय दैलेख, जिल्ला शिक्षा कार्यालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको नाममा रहेका मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमति नलिई विदामा सञ्चालन गरिएकाले ती सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

केहीदिन पहिलेमात्र जिल्ला प्रशासन कार्यालयले ट्राफिक प्रहरीलाई सरकारी सवारी दुरुपयोग भएको भेटिए नियन्त्रणमा लिन निर्देशन दिएको थियो ।