बारा, १४ मंसिर । बाराको गढीमाई मेलामा बलि चढाइएका राँगा स्थानीय दलित समुदायले लुटेर लगेका छन् ।
एक करोड ६० लाखमा ठेक्का लगाइएका राँगा ठेकेदारलाई लानै नदिई दलित समुदायले शुक्रवार राति सबै लुटेका हुन् ।
गढीमाइमा यसपटक ५ हजार राँगा तथा पाडा बलि चढेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
बलि सकिएलगत्तै ठेकेदारले राँगा तथा पाडा उठाउने तयारी गरेको अवस्थामा बधस्थलमा दिउँसोदेखि अवरोध गर्न हजारौंको संख्यामा आएका दलितले राति लुटेका हुन् ।
यसअघि दलित समुदायले गढीमाईमा बलि चढेका रांगा बहिष्कार गर्ने बताउँदै आएका थिए ।
दलित समुदायका नेताहरुले महिना दिनदेखि नै सिनो बहिष्कारको अभियान चलाउँदै आएपनि उनिहरुको प्रयास निरर्थक बन्न पुग्यो ।
राजनीतिक दलमा आवद्ध दलितहरु सिनो बहिष्कार गर्ने अभियानमा सबै नेता एक भएका थिए ।
तर अन्तिम समयमा हजारौको संख्यामा आएका दलितले नेताको अभियानलाई बेवास्ता गर्दै बलि चढेका राँगा बोकेर घर लगेका छन् ।















प्रतिक्रिया