काठमाडौं, १३ मंसिर । श्रीलंकामा अचानक उत्पन्न राजनीतिक संकटका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को समापन समारोहपूर्व नै स्वदेश फर्कने योजना बनाएका राष्ट्रपति महिन्दा राजापाक्षले नेपालको आग्रहमा शिखर सम्मेलनको पूरा अवधि बस्ने निर्णय गरेका हुन्।
राजापाक्षले आफ्नो मुलुकमा उत्पन्न राजनीतिक संकटका कारण फर्किहाल्नुपर्ने बाध्यात्मक स्थिति बनेको जानकारी बिहीबार बिहान सोल्टी होटेलमा कामु परराष्ट्रसचिव शंकर बैरागीसमक्ष राखेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सामान्यतस् कुनै पनि सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुख उपस्थित हुन नसक्ने अवस्थामा शिखर सम्मेलन रद्द हुन्छ तर उद्घाटनसत्र पूरा भइसकेपछि कसैको अनुपस्थितिले सम्मेलन प्रभावित हुन्छ कि हुँदैन, त्यसबारे कुनै स्पष्ट परम्परा वा मान्यता स्थापित भएको छैन।
‘महामहिम, यो अत्यन्त दुस्खद् कुरा हुनेछ र आयोजक प्रधानमन्त्रीले यसलाई मन पराउनुहुनेछैनु, बैरागीको छोटो प्रतिक्रियासँगै अरू केही घन्टा नेपालमा बस्न अनुरोध गरेलगत्तै राजापाक्षले उत्तर दिए,’ उसो भए म जान्नँ’ सोल्टी होटेलबाट धुलिखेल रिट्रिटमा नगई आफ्नो विशेष विमानद्वारा कोलम्बो फर्कने मन बनाइसकेका थिए उनले।
राजापाक्ष काठमाडौं आएकै दिन कोल बोमा मंगलबार राष्ट्रपतिको असीमित अधिकारमा कटौती र शासनपद्धतिमा प्रजातान्त्रिक सुधारको माग राख्दै आएका प्रविधि तथा अनुसन्धानमन्त्री चम्पिका रानावाकले राजीनामा गरेका थिए।
रानावाक नेतृत्वको नेसनल सिनाला हेरिटेज पार्टीको समर्थनमा सत्ता गठबन्धनका अन्य सातजना सांसद पनि राजापाक्षे सरकारको विरोधमा उत्रेपछि उनको संकट चुलिएको थियो।















प्रतिक्रिया