प्रभातविक्रम कटुवाल
भर्खरै काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले आफ्नो स्थापनाको ३० वर्ष पुरा गरिसकेको छ । १८ औँ सम्मेलन नेपालमा सम्पन्न गरेको सार्क उमेर हिसावले हेर्ने हो भने युवा अवस्थामा छ । सार्कले यो युवा उमेरसम्म आइपुग्दा अनेकौ आरोह–अवरोह र समस्याहरुसँग पौठेजोरी खेलेको छ ।
दक्षिण एसियाका जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने मुख्य उद्देश्यले सार्कको स्थापना भएको हो । दक्षिण एसियाका जनताको जीवनस्तर बृद्धि गर्नु, आर्थिकस्तर बढाउनु, सार्क मुलुकबीच विकासमा हातेमालो गर्नु, क्षेत्रीय विकास, क्षेत्रीय सहयोग, क्षेत्रीय सम्वन्ध, क्षेत्रीय सहसम्वन्ध, क्षेत्रीय विश्वास जस्ता कार्य सम्पन्न गर्नु सार्कका उद्देश्य भित्र पर्छन् ।
सार्क राष्टका जनताको आर्थिक बृद्धि गर्नु, सामाजिक सद्भावको विकास गर्नु, आ—आफ्ना धर्म, भाषा, रितिरीवाज, संस्कृतिको प्रचार–प्रसार गर्नु, आफ्ना उत्पादनलाई दक्षिण एसियाका राष्ट्रमा पु¥याउनु, आयातनिर्यातमा सरलीकरण गर्नु, आवाजजावतलाई व्यवस्थित गर्नु, विकास निर्माणमा सहयोगको आदानप्रदान गर्नु जस्ता कार्य पनि सार्कको उदेश्य भित्र नै पर्दछन् ।
सन् १९८५ मा सार्कको स्थापना हुँदा यसले दक्षिण एसियाका जनताको विकास र उत्थान गर्नु एक मात्र उद्देश्य राखेको थियो । तर, स्थापनाको यतिका वर्ष वित्दा पनि विकासमा भने यसको गति कछुवाको भन्दा पनि धीमा देखिन्छ । सार्क राष्ट्रका जनताहरुलाई एकिकृत गर्ने काममा यसले महत्वपुर्ण भूमिका निभाउन नसकेको हो कि भन्ने आम मानिसको गुनासो सुनिने गरेको छ । कुटनीतिज्ञहरुले पनि त्यही प्रतिक्रिया दिने गरेका छन् ।
सार्कले आफ्ना १८ वटा सम्मेलनमा १८ वटै घोषणापत्र जारी गरेको छ । तर, कार्यान्वयन पक्ष भने फितलो बन्ने गरेको छ । आपसी समझदारीको अभाव, आत्मावलको कमी, सीमाविबाद, द्धन्द्ध, होजवाजी, सार्क मुलुकबीच नै विश्वासको कमी, भन्सार प्रक्रिमा झन्झटिलो हुनु, सार्क मुलुकबीच नै कटुतापूर्ण व्यवहार हुनु जस्ता कारणले पनि समस्या देखिएको छ
सार्क राष्ट्रहरु विकासका योजनाबनाउनु भन्दा यस्तै विवादमै रुमलिरहेका छन । सन १९९४ लाई युवा सार्क वर्षका रुपमा मनाइएको थियो । तर, युवाको भुमिकामा, युवाको कार्यक्षमता, आत्माविश्वास आदिको कुरामा सार्कले कतै पनि स्थान दिन सकेन । युवाको प्रयोग धेरै ठाउँहरुमा भयो ।
दक्षिण एसियामा राजनीतिक पार्टीहरुले युवाको प्रयोग गरे तर युवाहरुलाई नीतिनिर्माण पु¥याउने काम भएन । सार्कमा अांतकवाद, हिंसा, हत्या, लुट, अपहरण, बलात्कार, चोरी, फीरौती आदिको विगविगी छ । यसो हुनको मुल कारण भनेको युवामा निरासा, कुण्डा, बेरोजगार, अभाव, अशिक्षा आदि नै हुन । आतंकवादमा सवै भन्दावढी युवाकै प्रयोग भएको पाईन्छ । सार्कमा युवा वेरोजगारी स्थिति डरलाग्दो छ ।
युवा विभिन्न कुलत, दुव्र्यसनी, लागूऔषधीको बढी प्रयोग, एचाईभी–एड्सको बढी संक्रमण, बालबालिकाको अपहरण, वेश्यावृत्ती, अव्यवस्थित यौन व्यवसाय, खुल्ला सिमा आदिका कारण युवाको भविष्य अन्धकारमय छ । यसलाई व्यवस्थापन गर्नु सार्कको अर्को चुनौति हो ।
युवा भनेका राष्ट्रनिर्माणका पुर्वाधार हुन, राष्ट्र निर्माणका हिस्सेदार हुन, नीतिनिर्माणका योजनाकार हुन । त्यसैले युवा राष्ट्रका सम्पत्ती हुन् । सुचना र सञ्चारको विकासले आज विश्व सानो गाउँ जस्तो बनेको छ । सामाजिक सञ्जाल ,इन्टरनेट, यातायात, हवाइजहाज, रेल, पानीजहाज आदिको सुविधाले विश्वको एउटा कुनाबाट अर्को कुनामा जान–आउन र विभिन्न आदन–प्रदान गर्न सहज भएको छ ।
यी कुराहरुमा पनि ख्याल गर्दै सार्कले युवालार्इृ रोजगारी, आर्किक उत्पादन, कृषि, अनुसन्धान, खोज, सुचना–प्रविधि, पर्यटन, उर्जा आदिमा लगाउनुपर्छ । त्योसँगै युवालाई एक अर्को देशको भाषा, रितीरिवाज, धर्म, परम्परा, शैली ,संस्कृतिआदिका वारेमा जानकारी गराउँने र सहज पहुँच पु¥याउने गर्नुपर्छ ।
युवालाई राष्ट्र निर्माणमा महत्वपूर्ण हिस्साको रुपमा विकास गनुपर्छ । युवाको विकास, प्रवधद्र्धन, वृत्तिविकासका लागि क्षेत्रीय मञ्चहरुको विकास गर्नुपर्छ । दक्षिण एसियाका युवाहरुको शारीरिक, मानसिक, बौदिक विकास गर्न खेल मैदानको विकास हुनपर्छ । त्योसँगै युवामैत्री सार्कको विकास गर्न त्यति नै आवश्वयक छ ।
युवा विश्वविद्यालय, युवाअस्पताल, युवारेल, दक्षिण एसियामा युवा परिषद्, सार्क स्तरीय युवानीति, युवा पुस्ताकलय, युवा विज्ञ आदिको विकासमा पनि सार्कले चासो देखाउन आवश्यक छ । युवाका हरेक समस्यालाई एकिकृत गरी सम्वोधन गर्ने कुरामा पनि सार्कको ध्यान जानुपर्छ । स्वदेशमै युवालाई रोजगार दिन सक्ने कामको वातावरण पनि सार्कले गर्नुपर्छ । दक्षिण एसियामा रहेको विशाल संम्भावनालाई अध्ययन–अनुसन्धान गरि युवालाई रोजगारको व्यवस्था गनुपर्छ ।
दक्षिण एसियामा लगानीलाई वृद्धि गर्ने, सार्क युवा पुस्कारलाई नियमित गरी युवाको विकासमा दक्षिण एसियाका युवाहरुको साझा मञ्चको विकास गर्ने कुरामा पनि ध्यान दिनुपर्छ । १८ औँ सार्क सम्मेलन ३६ बुदेँ काठमाडौँ घोषणपत्र जारी गर्दे सम्पन्न भयो । अब १९औँ सार्क सम्मेलन पाकिस्थानमा हुने पक्का भएको छ ।
सार्कले आगामी सम्मेलनमा माथि उल्लेखित कुराहरुलाई ध्यान दिदैँ युवा विकासमा यथेष्ट ध्यान दिन आवश्यक छ । युवाका साझा समस्या, साझा मुद्दा, साझा हितका विषयमा एक मत भए मात्र सार्कका आगामी सम्मेलनहरु फलदायी हुने छन् ।
(लेखक युवा संघ नेपालका केन्द्रिय प्रचार विभाग प्रमुख हुनुहुन्छ )













प्रतिक्रिया